पाेखरा, असाेज ७ । गण्डकी प्रदेशमा आज २५ जना कोरोना संक्रमित थपिएका छन्। 

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशका ७ जिल्लाका २५ जनामा संक्रमण पुष्टि भएको हो।

कास्कीका ९, लमजुङका ५, तनहुँका ४, स्याङ्जाका ३, बाग्लुङका २, नवलपरासी पूर्व र म्याग्दीका एक÷एक जन संक्रमित थपिएका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ४८ पुगेको छ। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.