काठमाडौ, असाेज ६ । यस बर्षको मनसुन एक हप्तादेखि दश दिनसम्म लम्बिने भएको छ ।

नेपालमा सामान्यतः जुन १० तारिखमा शुरु भएको मनसुन सेप्टेम्वर २३ मा सकिने भएपनि यसबर्ष १० दिनसम्म लम्बिन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय बायु, बंगालको खाडीमा उत्पन्न निम्न चापिय क्षेत्रको असर र भारतको राजस्थानमा मनसुन सक्रिय रहेका कारण नेपालमा पनि मनसुन लम्बिने महाशाखाका मौसमबीद् समिर श्रेष्ठले जानकारी दिए ।

मौसमबीद् श्रेष्ठका अनुसार स्थानीय बायु भन्दापनि निम्नचापीय क्षेत्र र राजस्थानमा सक्रिय भएको मौसमका कारण नेपालको मनसुनी गतिविधी पनि अहिले सक्रिय भएको हो । अघिल्लो बर्ष पनि १५ दिन मनसुन लम्बिएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.