एजेन्सी , असाेज ६ । साविकको उपविजेता म्यानचेस्टर सिटीले नयाँ सिजनको इग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ ।

नयाँ सिजनको पहिलो खेलमा वल्भ्सलाई ३–१ ले पराजित गर्दै सिटीले विजयी सुरुवात गरेको हो ।

वल्भ्समा सोमबार राति भएको खेलमा सिटीलाई जिताउन केभिन डि ब्रुयन, फिल फोडेन ग्याब्रियल जेससले गोल गरे । घरेलु टोली वल्भ्सका लागि राहुल जिमिनेजले सान्त्वना गोल फर्काए ।

सिजनको पहिलो खेल खेल्न खेलेकाे सिटीले पहिलो खेलमा जित निकालेकाे छ । सिजनको सुखद सुरुवात गरेको सिटी यो सिजन उपाधि दाबेदार टोली पनि हो । यता उत्कृष्ट युवा खेलाडीहरुको वल्भ्सले पहिलाे खेलमा साउथहाप्टनलाई २-० हराउँदै लिग सुरुआत गरेकाे थियाे ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.