एजेन्सी, असाेज ६ । सन् २०२० मा फेस मास्क हाम्रो दैनिक जिवनको एक अंश नै भएको छ । बिद्यालय , कलेज जस्ता सार्वजनिक स्थल र यात्रामा यहि मास्क कोभिड १९ को भाइरस रोक्न कति सक्षम छ भन्ने सोच सबैका दिमागमा आउँछ नै । त्यसैले फेस मास्क प्रयोग गर्नु पछाडिका केहि बैज्ञानिक आधारबारे जानकारी राख्नु रामे हुन्छ ।

सन् २०१९ मा पहिलो पटक कोरोना भाइरस रोग (१) बुझाउने कोभिड १९ सार्स – कोभ – २ नामक भाइरसबाट लाग्ने तथ्य पत्ता लागेको थियो । यसको संक्रमणबाट श्वास प्रशवास सम्बन्धी गम्भीर समस्या,ज्वरो,खोकी,मांशपेशीको दुखाई र थकान लगायतका थुप्रै लक्षण देखा पर्दछ ।

श्वास , खोकी वा हाच्छुँय गर्दा निस्कने तरल पदार्थको छिंटाको कारण यो मानिसबाट मानिसमा सर्ने गर्दछ । यस्ता छिंंटा ठूलो भन्दा साना आकारका हावाको माध्यममा टाढा सम्म फैलिने संभावना बढि हुन्छ । यस्ता वाष्पिय कणहरु निकै साना हुने भएकाले त्यसमा मिसिएका भँइरस पनि त्ति बलियो नहुने भन्ने विादास्पद सोच पनि रहेको छ । तर यि कण सजिलै सास मार्फत फोक्सोमा पुग्ने र भाइरस संक्रमण गर्ने संभावना अझ धेरै रहने बताइएको छ ।

यस्ता कणहरुको संवाहनका कारण बैज्ञानिकहरुले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिइ) प्रतिरक्षा क्षमता राम्री बुझ्न सकेका छैनन् । अन्य अचल वस्तुहरु जस्तै ढोकाका चुकुल , कलम मेचमा रहेका वाष्पिय कणहरुका कारण पनि भाइरस सर्न सक्छ । अहिलेसम्मको अध्ययनबाट प्लाष्टिक तथा काँचका सतहमा यस्ता वाष्प कण ३ देखि ७२ घन्टा सम्म सक्रिय अवस्थामा रहन सक्छन् ।

तर त्यसमा रहेको भाइरल लोडलाई जति कम गराउन सकिन्छ उति नै कोभिढड १९ संक्रमणको संभावना कम रहने बताइएको छ ।
संक्रमणबाट बच्न सबैभन्दा बढि फेस मास्कको प्रयोग भइरहेको छ । अमेरिकामा तीन प्कारका मास्क १ घरमै बनाइएका मास्क , २ सर्जिकल मास्क र ३ एन९५ मास्क प्रयोग भइरहेका छन् ।
मास्कले संक्रमित पानिय छिंटा अरुबाट आफुमा र आफुबाट अरुमा पुग्नबाट रोक्न सकिन्छ । अध्ययन अनुसनधानबाट घरमै बनाइएका मास्क भन्दा सर्जिकल मास्क २ देखि ३ गुणा बढि प्रभाबकारी छन् । यसैगरी एन ९५ र एफएफपि२ ( युरोपको अमेरिकी एन ९५ सरहका मास्क ) भने घरमै निर्मित मास्कभन्दा करिव ५० र सर्जिकल मास्क भन्दा २५ गुणा प्रभाबकारी रहेका छन् ।

तर कुनै पनि मास्कले संक्रमणबाट जोगाउने पूर्ण ग्यारेन्टि नदिने भएकाले सामाजिक दूरी अपनाउनु नै सर्वश्रेष्ठ उपायको रुपमा बैज्ञानिकहरुले सिफारिश गरेका छन् । एक मिटरको दूरीमारहेका कुनै पनि संक्रमित व्यक्तिले खोक्दा र हाच्छुँयु गर्दा पनि मास्कै पिच्छे सुरक्षाको परिमाण फरक हुने गरेका छन् ।

मास्क नलगाउनेका तुलनामा सर्जिकल मास्क लगाउनेले २० देखि ३० प्रतिशत सम्म भाइरल लोड ग्रहण गर्न सक्ने देखिन्छ । तर यदि एन ९५ मास्क लगाउने हो भने यो खतराको संभावना ५ प्रतिशतमा झर्दो रहेछ ।

मास्कले शरिरमा अक्सिजनको मात्रा कम लिने र कार्वनडाइअकसाइड रोक्ने भन्ने भनाई सही होइन । अक्सिजन ० दशमलव १२० एनएम ग्रहण गर्ने र कार्वनडाइअक्साइड ० दशमलव २३२ एनएम छोड्ने गर्दछ । एन-९५ मास्कका प्वाल करिव १०० देखि ३०० एनएम आकारका हुन्छन् ।

यसको अर्थ एउटा प्वाल नै १ हजार ५ सय वटा भन्दा बढि अक्सिजनका अणु प्रवेश गर्न र ८ सय ५० अणु भन्दा बढि कार्वन डाइअक्साइड बाहिर जान काफी छ । कोरोना भाइरसका अणु करिव ० दशमलव १२० एनएमको हुन्छ । अक्सिजनको तुलनामा यो १ हजार गुणा ठूलो हुन्छ । १ हजार देखि १० हजार एनएम आकारका मास्कहरु भाइरसयुक्त वाष्प कण छेक्न प्रभावकारी हुन्छन् ।

ग्यालेन रपले सन् २०११ मा युएसए ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा १० हजार मिट दौड एलर्जीको कारण मास्क लगाएर जितेका थिए। एनले सो दूरी २८ मिनेट ३८ दशमलव १७ सेकेण्डमा पूरा गरेका थिए । तर सामाजिक तथा शारिरीक दूरी कायम गर्ने हो भने मास्क लगाउनु जरुरी छैन । हाच्छँयु गर्दा भाइरसयुक्त वाष्प कण तेर्सो ६ मिटर पर सम्म पुग्न सक्छ ।

अन्य केहि ऋध्ययनले यो दूरी सिमा ७ देखि ८ मिटर सम्म पनि रहेको छ । भाइरसको लक्षण विकास नभइसकेका व्यक्तिहरुबाट सर्ने संक्रमणलाई मात्र मास्क्ले रोक्न मद्धत पु¥याउँछ । मानव शरिर जीवनकालभरि दशौ हजार एन्जिेन्स नामक कणहरुको संसर्गमा आउँछ । मास्क्ले नयाँ एन्टिजेन्सलाई सही ढंगले चिन्न थाल्छ । मास्क्ले शतप्रतिशत एन्टिजेन्सलाई फिल्टर गरेपनि मानिसको प्रतिरोधात्मक क्षमतामा कमि आउँदैन किनभने खाद्य र पेय पदार्थ मार्फत व्याक्टेरिया र भाइरस शरिर भित्र प्रवेश गरिरहेकै हुन्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.