एजेन्सी, असाेज ६ । इरान आफ्नो राष्ट्रको रक्षा गर्न सक्षम रहेको विगतको इराकसँगको युद्धले पुष्टि गरिसकेको इरानले बताएको छ ।

आफ्नो राष्ट्रको रक्षा गर्न र नागरिकलाई सुरक्षा प्रदान गर्न सक्षम रहेको सर्वोच्च नेता अयातुल्ला अली खामेनीले बताएका छन ।

सन् १९८० देखि १९८८ सम्म इराकसँग एक्लै लडेर आफ्नो मुलुकको सार्वभौमसत्ताको रक्षा गरेको उनले दावीसमेत गरे ।

उनले भने, ‘आठ वर्ष ‘उनीहरू’ले सकेजति सबै कोशिस गरे अझै केही पनि हासिल गर्न सकेनन् । के इरानको लागि यो ठूलो विजय हो ?’

इरान–इराक युद्धको वर्षगाँठ मनाउन ‘होली डिफेन्स’ हप्ताको सुरूमा देशभरका शीर्ष सैन्य कमाण्डरहरू र युद्धका दिग्गजहरूलाई टेलिभिजनद्वारा गरिएको भिडियो सन्देशमा खामेनीका पछिल्ला अभिव्यक्ति सार्वजनिक भएका हुन् ।

इराकी शासक सद्दाम हुसेनले इरानमा इस्लामिक क्रान्तिको डेढ वर्षपछि आक्रमण गरेको स्मरण गर्दै उक्त युद्ध पनि इराक एक्लैले नलडेको नेता खामेनीले दावी गरे । इरान–इराक युद्ध संयुक्त राष्ट्र सङ्घीय युद्धविरामबाट अन्त्य भएको थियो ।

खामेनीले उक्त द्वन्द्वले इरानको क्रान्तिलाई पहिलेभन्दा ‘धेरै बलियो’ बनाएको समेत दावी गरे ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.