काठमाडौं, असाेज ५ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा २०० रूपैयाँले बढाएको छ। 

आज छापावाल सुन ९७ हजार २०० रूपैयाँ छ। हिजो आइतबार स्थिर रहेको सुनको भाउ ९७ हजार रूपैयाँ तोला थियो। 

यस्तै, हिजो तोलामा ९६ हजार ५०० रूपैयाँ रहेको तेजाबी सुनको मूल्य आज ९६ हजार ७०० रूपैयाँ पुगेको छ।

आज तोलामा ५ रूपैयाँले बढेको चाँदीको मूल्य एक हजार ३२० रूपैयाँ तोकिएको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.