काठमाडौं, असाेज ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । आज पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनसहित चारवटा कार्यसूचीमा छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 
 
उनका अनुसार बैठकमा मन्त्रिपरिषद्को पुनर्गठन, संवैधानिक नियुक्तिको आधार, बाँकी रहेका सांगठनिक एकता टुंग्याउने र विविध कार्यसूचीमा छलफल भएको छ । सोमबार (भाेलि) १ बजेका लागि पेरिसडाँडामा सचिवालय बैठक डाकिएको छ ।  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको छ ।

पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल भएको थियो । “यसबारेमा नीतिगत छलफल भएको छ,” प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “सरकारलाई प्रभावकारी बनाउने लक्ष्यलाई अघि बढाउने सन्दर्भमा विभिन्न विकल्पमा छलफल भएका छन् ।”

उनका अनुसार व्यक्तिका नामका विषयमा छलफल भएको छैन । कसलाई के का आधारमा मन्त्री बनाउने भन्ने विषयमा छलफल भएको भए पनि व्यक्तिका बारेमा भने प्रवेश गरिएको छैन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.