परासी, असोज ४ । तोकिएको मूल्य भन्दा बढी मूल्यमा प्याज बेचेको भन्दै नवलपरासीबर्दघाट–सुस्ता पश्चिमका पाँच पसललाई कारबाही गरिएको छ ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यवसायीले आफूखुशी मूल्य बढाएर प्याज बिक्री गर्न थालेपछि आज जिल्ला बजार अनुगमन समितिले अनुगमन गरी कारवाही गरेको होे ।

प्याजको कालोबजारी गरेका अभियोगमा सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका–२ का चार र रामग्राम–७ का एक आलु प्याज गोदाम पसललाई गरी रु दुई लाख ६० हजार जरिवाना गराइएको हो ।

केही दिनअघिसम्म प्याज प्रतिकेजी रु ५० मा बिक्री हुने गरेकामा रु १३० प्रति केजीसम्म पुगेको थियो । अहिले भने प्रति केजी १०० सम्म बिक्री हुने गरेको पाइएको छ । प्रतिकेजी रु ४० मा खरीद गरी रु १०० सम्म विबmी गर्ने गरेको व्यवसायी स्वयंले नै स्वीकार गरेका थिए ।

व्यवसायीले दोब्बरभन्दा बढी मूल्य लिएर प्याज बिक्री गरिरहेको अनुगमनको क्रममा भेटिएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.