काठमाडौं, असोज ४ । नेकपाले आफ्ना कार्यकर्तालाई पारिश्रमिक दिने भएको छ ।

पार्टी एकता भएपछि पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार बसेको सचिवालय बैठकमा कार्यकर्तालाई परिश्रमिक दिने विषयमा छलफल भएको हो ।

तेस्रो नम्बरको कार्यसूचीमा रहेको एजेन्डामा नेकपाका केन्द्रीय सदस्यहरूलाई मासिक रूपमा पारिश्रमिक वापत सुविधा उपलब्ध गराउने विषय रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

साविक नेकपा (एमाले)ले राजकीय जिम्मेवारीमा नरहेकाहरूलाई निर्वाह खर्च भनेर मासिक १० हजार रुपैयाँ प्रदान गर्दै आएको थियो ।

नवौं महाधिवेशनपछि पनि एमालेले यसलाई निरन्तरता दिएको थियो । एकीकरणपछि यो क्रम टुटेको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.