काठमाडौं, असोज ४ । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै रोल्पामा अनसनरत डा. गोविन्द केसीको मागलाई सम्बोधन गर्न नेपाली कांग्रेसले सरकार समक्ष माग राखेको छ ।

एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगरेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत २०७५ साल साउन १० गते प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. केसीसँग सरकारले गरेको सम्झौता त्यही वर्षको माघ महिनामा सरकारले उल्लङ्घन गरेको नजिर नदोहोर्याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ का लागि सरकारसमक्ष माग राखेका हुन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.