काठमाडौं, असाेज २ । नेपाली बजारमा सुनको मूल्य तोलाको ४ सय रुपैयाँले बढेको छ । 

अघिल्लो दिन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुन पनि तोलाको ४ सय रुपैयाँले नै महँगिएर ९६ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ पुगेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.