काठमाडौ, असोज २ । आगामी असोज ७ गतेबाट युनाइटेड इदी–मार्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले स्थानीय बासीका लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित कास्की जिल्लाका स्थानीय बासिन्दाका लागि ४ करोड २० लाख रुपैयाँबराबरको ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा छिटोमा असोज २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

सो अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा कात्तिक ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस (आईएस)’ रेटिङ प्राप्त दिएको छ। यसले कम्पनीमान गरिएको लगानी मध्यम सुरक्षित रहेको संकेत गर्छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले धितोपत्र बोर्डबाट स्थानीय र सर्वसाधरणलाई गरेर जारी पूँजीको २५ प्रतिशत अर्थात १० करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति पाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.