काठमाडौं, असाेज २ ।  नेपालमा आज ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ९० पुगेको छ। 

५ वटा जिल्लाका २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। .

मोरङमा ६६ वर्षीया महिला र ६६ वर्षीय पुरुष, काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुष, भक्तपुरमा ८२ वर्षीय पुरुष, ललितपुरमा ६६ र नवलपरासीमा ३१ वर्षीय पुरुषको मृत्यु भएको छ। 

यसअघि नेपालमा बिहिबार ४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६३ प्रतिशत छ।  

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.