एजेन्सी, भदौ १५ । पाकिस्तानविरुद्धको दोस्रो ट्वान्टी–२० क्रिकेट प्रतियोगिता घरेलु टोली पाकिस्तानले हात पारेको छ ।

आइतबार अवेर भएको खेलमा घरेलु टोली इङ्ल्यन्डले पाकिस्तानमाथि ५ विकेटको जित निकालेको हो । ओल्ड ट्राफोर्डमा पाकिस्तानले दिएको १ सय ९६ रनको लक्ष्य इङ्लिस टोलील्े १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गरेको हो ।

इङ्ल्यान्डको जितमा कप्तान इयान मोर्गनले सर्वा ६६ रन जोड्दै अर्धसतकीय इनिङ खेल्दा डाविड मालनले अविजित रहदै ५४ रनको योगदान गरे । त्यसबाहेक इङ्ल्यान्डका जोनी बेयस्र्टोले ४४ तथा टम बानटनले २० रनको पारी खेले । बलिङ तर्फ पाकिस्तानका शादब खानले ३ तथा हरिस राउफले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । पाकिस्तानको लागि मोहमद हाफिजले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान बाबर आजमले ५६ रनको इनिङ्स खेले । फकर जमानले ३६ रन बनाए । इङ्ल्यान्डका आदील राशिदले २ विकेट लिए । यस्तै क्रिस जोर्डन र टम करणको नाममा १÷१ विकेट रह्यो ।
दोस्रो ट्वान्टी–२० जित निकालेसँगै तीन खेलको सिरिजमा इङ्ल्यान्डले १–० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल सेप्टेम्बर १ मा हुनेछ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.