एजेन्सी, भदौ १४ । वेस्टर्न एन्ड साउदर्न सिनसिनाटी ओपन टेनिसको उपाधि विश्व नम्बर एक नोभाक जोकोभिचले सोमबार हात पारेका छन् ।

अमेरिकाको न्यूयोर्कमा गएराति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई १–६, ६–३ र ६–४ को सेटमा जित निकाल्दा उपाधि हात लागेको हो ।

पहिलो सेट गुमाए पनि ३३ वर्षीय जोकोभिचले उत्कृष्ट पुनरागमन गरेका थिए । महिलातर्फको उपाधि बेलारुसकी भिक्टोरिया अजारेन्काले जितिन् । फाइनल नखेल्दै अजारेन्का च्याम्पियन बनेकी हुन् । फाइनल प्रतिद्वन्दी जापानकी नाओमी ओसाकाले चोटको कारण नाम फिर्ता लिएपछि अजारेन्का च्याम्पियन बनेकी हुन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.