रौतहट, ११ भदौ – भारतबाट नेपाल आउदै गरेका एक हुन्डी कारोबारि पक्राउ परेका छन् । राजपुर नपा ९ बैरियाका २० बर्षिय दिलिप साहलाई २८ लाख ५० हजार नेपाली नोट सहित सशस्त्र प्रहरीले रौतहटमा पक्राउ गरेको हो।

इशनाथ नगरपालिका ९ लवतनामा भारततर्फबाट आउँदै गरेको बीआर ३०एन ९५८० नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा साहले बोकेको झोला बाट सो रकम बरामद भएको सशस्त्र प्रहरी उपरिक्षक सुर्य बहादुर सेन ओलिले बताएका छन । उनी हुण्डी कारोबारी रहेको र पैसाको श्रोत समेत नखुलेको ओलिले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको ओलिको जानकारी दिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.