काठमाडौं, ९ भदौ – बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत नेपाली कांग्रेस काठमाडौंका नेता गोविन्द रञ्जितको मृत्यु भएको छ । उनी निमोनियाबाट समेत ग्रसित थिए ।

मृतक रञ्जित नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–२१ का इकाइ सभापति हुन् । उनलाई एक साताअगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । उनका परिवारका सदस्यमा पनि कोरोना देखिएको छ ।

त्यसैगरी महोत्तरीमा मंगलबार दुई जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । जिल्लाको मनरा सिस्वा नगरपालिका-३ का ७५ बर्षीय बृद्ध र बलवा नगरपालिका- ३ का ७७ बर्षीय बृद्धको मृत्यु भएको हो ।

मनरा सिस्वाका बृद्धको जलेश्वर अस्पतालमा मंगलबार विहान साढे ११ बजे मृत्यु भएको हो । बलबा नगरपालिकाका ७७ वर्षीय बृद्धको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मंगलबार विहान साढे ११ बजे नै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.