हेटौंडा, ८ भदौ – जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई भदौ १५ गतेसम्म थप गर्ने निर्णय गरेको छ।

यसअघि साउन २६ देखि भदौ ८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सोमवार बसेको बैठकले उक्त स्थानमा सोमवार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.