बेनी, ६ भदौ – डेढ महिनादेखि अवरुद्ध बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको दाना खण्डको काभ्रेभीरमा सुख्खा पहिरो खस्दा सडक मर्मतको काम अवरुद्ध भएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका— ३ मा पर्ने काभ्रेभीरमा शुक्रबार सडक मर्मतका लागि विष्फोटक पदार्थ प्रयोग गर्दा माथिबाट एक्कासी ठूलो सुख्खा पहिरो खस्दा उपकरणमा क्षति पुगेको र सडक मर्मतको काम समेत अवरुद्ध बनेको सडकखण्डका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए।

सुपरभाइजर शेरचनका अनुसार भीरमा विष्फोटक पदार्थ प्रयोगका लागि करीब ३० वटा होल खोलिसकेको अवस्थामा पहिरो खस्दा पाइपलगायत अन्य उपकरणमा क्षति पुगेको छ।
अवरुद्ध सडक आइतबारसम्म सिधा सञ्चालन गर्ने प्रयास भएपनि पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको उनको भनाइ छ।
डेढ महिनादेखि सडक अवरुद्ध हुँदा मुस्ताङ र उत्तरी म्याग्दीका वासिन्दालाई निकै सास्ती भएको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.