एजेन्सी, भदौं २ । अमेरिकामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन शुरु भएको छ ।

आसन्न राष्ट्रपति निर्वाचनको सम्मुखमा राष्ट्रपतिका उम्मेदवारलाई परिचय गराउनेदेखि पार्टीको रणनीति बनाउन सम्मेलन आयोजना गरिएको हो ।

कोरोना भाइरसको महामारीका कारण डेमोक्रेटहरुको सबैभन्दा ठूलो सम्मेलन यसपटक भौतिक रप्मा हुन सकेको छैन र पूर्ण रुपमा भर्च्युअल रुपमा हुँदैछ ।

चार दिनसम्म चल्ने सम्मेलनले आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट जो बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गर्ने छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.