हेटौंडा, भदौ १ । मकवानपुरको हेटौंडामा कार्यरत् ११ जना प्रहरीसहित हेटौंडामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपाल प्रहरीमा कार्यरत् रौतहटका दुईजना, सिन्धुलीका एकजना, बाँकेका दुईजना, पर्साका एकजना, धादिङका एकजना, कञ्चनपुरका एकजना र हेटौंडामा कार्यरत् चितवनका तीनजना प्रहरीमा कोरोना देखिएको हो । imagekahbar

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.