३० साउन, विराटनगर । कोशी अस्पताल विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार सिराहको विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

गम्भिर अवस्थामा कोशीमा भर्ना भएका उनलाई बिहीबार नै कोरोना पोजेटिभ देखिएको थियो । बिहीबार राति करिब सवा ८ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

उनको बिहीबार दिउँसो स्वाब संकलन गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि ती पुरुषलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउन खोजिएको थियो । तर धरानले बेड खाली नभएको बताएपछि कोशी अस्पतालको आइसोलेसनमै राखिएको थियो ।

बिहीबार नै कोशी अस्पतालको आइसोलेसनमा विराटनगर महानगरपालिका– १५ का ३३ वर्षीय युवकको मृत्यु भएको थियो । कोरोनाको लक्षण देखिएका विराटनगरका युवकको रिपोर्ट नेगेटिभ आएको डाक्टर दासले जानकारी दिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.