विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)  ले कोरोना (कोभिड-१९) भाइरस निर्मुल पार्ने औषधी तत्कालै बन्ने सम्भावना नरहेकाले हात धुने र मास्क लगाउनेजस्ता स्वास्थ्य सजगता जारी राख्न आग्रह गरेको छ।

डब्ल्युएओका प्रमुख डा. टेड्रोस अधानोमले कोरोना भाइरसविरुद्धको खोप पत्ता लाग्ने आशा रहेको, तर तत्कालका लागि यसको अचुक औषधी नरहेको बताएका हुन्‌। अहिलेकै अवस्था हेर्दा कोरोनालाई पूर्ण रुपमा जित्नसक्ने औषधी कहिल्यै नबन्न पनि सक्ने उनको भनाई छ।
Read more at: https://thahakhabar.com/news/104520

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.