१९ साउन । पोखरा छोरेपाटनकी सात वर्षिय इन्दु सेनले असहाय मानवहरुलाईखाद्यान सहयोग गरेर जन्मदिन मनाउनु भएको छ । उँहाले कास्की मानव सेवा आश्रममा आश्रित १०३ जना असहाय मानवहरुलाई अग्रानिक सातु,नुन,तेल,साबुन र अन्य सहयोग गर्दै जन्मदिन मनाउनु भयो ।
ईन्दुको मुमा सरिता हमालले आँफु शिक्षक भएकोले सधै विद्यार्थीहरुलाई पढाउदा सेवा गर्न सिकाउने गरेको र व्यवहारमा पनि उर्तानका लागि र छोरीलाई सेवाको भावना जागृत गर्नको लागि सहयोग गरेको बताउनुभयो । हमालले आफ्ना अमाजु र बहिनीज्वाई, छोराछोरीहरुको टोलीसहित आश्रममा पुगेर सहयोग गर्नुभएको हो ।
कार्यक्रममा प्राज्ञ नगेन सिंहले सबैको आर्शिवाद माया र सम्मान पाउन सधै अरुलाई सेवा गर्नु पर्ने , असल कार्य गर्नु पर्ने र कृति राख्नु पर्ने बताउदै मानव सेवा आश्रमको उन्नति सहित अब समाज सेवाको सन्देश सबैमा विकास गराउनु पर्ने बताउनुभयो ।
समाजसेवी आशा सेनले मानव सेवाको भावना सबैमा आउनुपर्ने बताउनुभयो ।
मानव सेवा आश्रम कास्कीका सयोंजक राजन सापकोटाले आश्रममा हाल ३ जना बच्चा, १८ वर्षदेखि ६० वर्षका महिला ३१ पुरुष ३९जना ६० वर्ष माथिका महिला १३ पुरुष १७ जना सहित १०३ जना मावनहरु आश्रित रहेको जानकारी दिनै ९० जना मानसिक रोगी रहेको बताउनुभयो । उक्त रोगीहरुलाई मासिक एकदेखि डेडलाख औषधीमा खर्च भईरहेको सापकोटाले जानकारी दिनुभयो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.