काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू वर्ष आ.व.२०७६/७७ को नौं महिने तथ्याङक सावर्जनिक गरेको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार २०७६/७७ मा २.३ प्रतिशत आर्थिक वृद्धि रहने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ।

कोरोना माहामारीका कारण समीक्ष वर्षमा आर्थिक वृद्धिदर न्यून रहने अनुमान गरिएको हो। खानी तथा उत्पादन, यातायात, निमार्ण, होटल व्यवसाय तथा रेष्टुरेन्ट जस्ता क्षेत्रमा आर्थिक वृद्धि क्रणात्मक रहने केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको छ।

केन्द्रका अनुसार चालु आर्थिक वर्ष कृषि क्षेत्रमा २.६ प्रतिशत, उद्योग क्षेत्रमा ३.२ प्रतिशत तथा सेवा क्षेत्रमा २.० प्रतिशत रहने छ। त्यस्तै कुल गार्हस्थ्य उत्पादन कुषि तर्फ २७.६ प्रतिशत, उद्योगमा १४.३ प्रतिशत र सेवा क्षेत्रमा ५८.१ प्रतिशत रहने केन्द्रीय तथ्यांक विभागको विज्ञप्तिमा उल्लेख गरिएको छ।

उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ मा कुल गार्हस्थ्य बचत गार्हस्थ्य उत्पादन १८.१ प्रतिशत रहने अनुमान छ। यसैगरी कुल स्थिर पुँजी निर्माण कुल गार्हस्थ्य उत्पालदनको २८.१ प्रतिशत, कुल पुँजी निर्माण ५०.२ प्रतिशत र कुल राष्ट्रिय बचत ४६ प्रतिशत रहने अनुमान विभागले गरेको हो।

प्रदेशगत आर्थिक वद्धिदर तर्फ भने सबै भन्दा उच्च सुदूरपश्चिम प्रदेशको ४.१ प्रतिशत र वागमती प्रदेशकोसबैभन्दा कम १.२ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ।

DCNEPAL.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.