काठमाडौँ — शनिबार नक्सालस्थित भाटभटेनी सुपरमार्केट अगाडि शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका ‘इनफ इज इनफ’ अभियानका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको छ 

पर्चा, पम्पलेटबिना शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन जान हिँडेका बेला बाटोबाटै पक्राउ गरिएको अभियानकी सदस्य भावना राउतले बताइन् । प्रहरीले राउतसहित, शशिविक्रम कार्की, विजयबाबु सिवाकोटीलगायत २० जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएकालाई महानगरीय प्रहरी वृत्त मालीगाउँमा राखिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कान्तिपुरलाई बताए ।

‘इनफ इज इनफ’ अभियानले केही दिनदेखि कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दै विरोध प्रदर्शन गरिरहेको छ ।

kantipur

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.