पोखरा ६ साउन । हिमाली जिल्ला मुस्ताङको लोमन्थाङमा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कुलकाे सहयोगमा पाेखरामा विभिन्न स्थानमा राहत वितरण गरिएको छ ।

कोभिड १९ प्रभावित तथा अपाङ्गता भएका र प्राकृतिक प्रकाेपवाट प्रभावित भएकालाई राहत वितरण गरिएको हाे । गुम्बाका सल्लाहकार तथा गण्डकी प्रदेशका सदस्य माननीय इन्द्र बिष्टकाे पहलमा पाेखरा १५ का पहिराे प्रभावित तथा लक्षित बर्ग गरि ६०परिवार,पाेखरा २७ लेखनाथकाे कृष्ण प्रणामी बृद्वा तथा वालअाश्रम ,अपाङ्गता मैत्री समाज अाश्रममा चामल, तेल, नुन, दाल लगायतकाे खाध्यान्न सहयोग गरिएको हाे ।

वडा नं १५ का अध्यक्ष प्रकाश पाैडेल वडा सदस्यकाे सहभागीतामा ६० परिवारलाई हस्तान्तरण गरिएको हाे ।त्यस्तै अपाङ्गता मैत्री अाश्रमका सचिव डण्डपाणी ढकाललाई २२ प्याकेज र बृद्वाअाश्रमका सचिवलाई १८ प्याकेज खाध्यान्न सामाग्री मंगलबार हस्तान्तरण गरिएको हाे ।

माननीय इन्द्र धारा विष्ट, गुम्वाका प्रध्यानाध्यापक ग्यान्चाे लामा तथा युवा उत्प्रेरक तथा पत्रकार सुष्मा पाैडेल र इन्द्र बिष्टको काे टाेलीले विभिन्न स्थानमा पुगी १०० थान खाध्य सामाग्रीकाे प्याकेज हस्तान्तरण गरेकाे हाे ।साथै बृद्वाअाश्रमकाे अाडमा गएको पहिराेकाे समेत अवलाेकन गरेको थियाे ।

लोमन्थाङ गाउपालिका ३ मा स्थाइ रुपमा सञ्चालनमा रही हिउदको समयमा पोखरा १८ खपौदीमा सञ्चालन हुदै आएको गुम्बा स्कुलले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्युनिकरणका लागी प्रदेश सरकार र पोखरा महानगरले स्थापना गरेको कोरोना विपद कोषमा समेत नगद हस्तान्तरण गरेकाे छ भने विभिन्न स्थानमा प्राकृतिक विपद पहिरोमा परी घरपरिवार गुमाएकाहरुलाई तथा विहान वेलुका छाकटार्न धाैधाै भएकालाइ राहत स्वारुप खाद्यान्न वितरण गरेको छ।

अफ्ट्यारो परेकाे अवस्थामा साथ दिनुपर्ने मानवीय धर्म भएकाले गुम्बाले सानाे भएपनि साथ दिएको सम्झन अनुराेध गर्नुभयाे ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.