काठमाडौं :     मनसुन सक्रिय भएपछि अहिले काठमाडौं उपत्यकासहित देशैभर वर्षा भइरहेको छ ।  लगातारको वर्षाले तराईका भुभागमा डुबान तथा पहाडी क्षेत्रमा बाढि र पहिरो उच्च जोखिम हुने भएकाले सतर्कता अपनाउन भनिएको छ । 

आज दिनभर मौसम बदली रहि देशभर पानी पर्नेछ । महाशाखाका अनुसार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानका साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । राती पनि मौसम बदली यथावत् रहने र सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।
Read more at: https://thahakhabar.com/news/103315

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.