दशैको दिन विहानैबाट गाउँमा छुट्टै रमाइलो । सबैको घरमा हर्ष र उमँग । केटाकेटीहरु घरको छतमा चँगा उडाउदै थिए । युवायुवती गाउँको रोटे पिँगमा मच्चिदै थिए । पिँगसंगै उनीहरुको प्रेम पनि मच्चिदै गरेको प्रष्टै देखिन्थ्यो । सबैका घर झिलिमिली देखिन्थे । सबैको घर रातो माटोले सिँगारिएको थियो भने घरको छानाले पनि नयाँ नाना लगाएझै नयाँ जस्तापाता फेरेको थियो । गाउँ नै झलमल्ल भएको थियो । सबै घरका सदस्यहरु आफना आफना परिवारहरुसँगै एकैसाथ रमाइलो गरिरहेका थिए । यो सब दृष्य दिपाले आफनो बार्दलीमा बसेर हेरिरहेकी थिइन । पुरै गाउँ नै झिलिमिली भइरहेपनि उनको घरमा चकमन्न अध्याँरो थियो । दशै, परिवार, आफन्त यि सबै दिपाको लागि एकादेशको कथा बनेको थियो ।

उनको आँखाले यि सबै कुरा नियालिरहेपनि मनले दशैको एक छेउ पनि रमाइलो महशुस गरेको थिएन । उनका आँखा बारबार रोटेपिँगमा रमाइलो गरिरहेका युवायुवतीको झुण्डमा पर्ने गर्दथ्यो । युवतीहरु मस्किएका र युवाहरु उनीहरुलाई जिस्काउदै गरेको दृष्य निकै लोभलाग्दो देखिन्थ्यो । यौवन र बैशले भरिपूर्ण भएका युवायुवतीहरुको प्रेमको झड्का पिँगको झड्काजस्तै मच्चिरहेको थियो । यस्तैमा उनलाई ति युवायुवतीको प्रेमले आफनो विगत सम्झायो ।

पुर्वीपहाडी जिल्ला भोेजपुरको एउटा किसानी परिवारमा दिपाको जन्म भएको थियो । विहान—बेलुका बाउआमालाई घरसँगै खेतीकिसानीमा सघाउदै दिपा स्कुल जाने गर्दथिइन । गाउँघर मेलापात गर्दागर्दे उनको मन कुन बेला साइला प्रज्वलले चोरे उनले पनि मेसो पाउन सकिनन् । उनीहरुको बालापन घरायसी कामकाजसँगै एउटै स्कुलमा अध्ययन गरेर वित्यो । दिपा र प्रज्वल एउटै कक्षामा अध्ययन गर्थे । स्कुल जान आउन सँगै हुन्थे । प्रज्वललले तोते बोलिमा नै कहिलेकाँही भन्ने गथ्र्यो “ दिपा ओई दिपा हामी सधै सँगै हुने है , कहिल्यै टाढा नहुने है ” । यो सुनेर दिपा मुसुक्क हाँस्थी र मात्र टाउको हल्लाएर स्वीकारोक्ती दिन्थी ।

गाउँघर मेलापातमा पनि दिपा र प्रज्ववल सँगै हुन्थे । विस्तारै उनीहरु यौवन अवस्थामा प्रवेश गरे । अधिकाँश समय सँगसँगै विताउने उनीहरुलाई गाउँलेहरुले पनि जिस्काउने गर्दथे । प्रज्ववलको पारिवारिक अवस्था दिपाको भन्दा दयनीय थियो । विहान बेलुका छाक टार्न धौ‒धौ हुन्थ्यो भने दिपाको भने पारिवारिक अवस्था सन्तोषजनक नै थियो ।

गाउँघर मेलापात गर्दागर्दे कुन बेला दुबैको मनमा प्रेमको टुसा पलायो दुबैलाई थाहा नै भएन । एक दिन प्रज्वलले हिम्मत गरेर भन्यो “दिपा, ओइ दिपा तँ एकदम राम्री लाग्छ मलाई, हामी विहे गरौ न हैँ ” । दिपा पनि जिस्किदै भन्ने गर्थाी “ अँ गर्छु नी तँ जस्तो कालेसँग विहे, म त अर्के गोरेसँग विहे गर्ने हो बाई ” । दिपक “गर्न कसरी गर्दिरहीछस म पनि हेर्छु । साँच्चै भनेको के दिपा मलाई तँसँग विहे गरेर तँबाट बच्चा जन्माउन मन छ के, अनि त्यो बच्चाको बाउ बनेर मख्ख पर्न मन छ” ।

दीपाले खित्त् हाँस्दै भनि ‘हावा कुरा’ ।

प्रज्वलको कुरा दिपालाई हावा कुरा लागेको थियो । उसले धेरैपटक सिररियसली कुरा गरेपनि दिपाले उसलाई सिधै जिस्काएको होला भनेर वास्ता नगरी बस्थी । धेरैपटक भन्दा पनि स्विकार नगरेपछि एकदिन प्रज्ववलले दिपालाई मुखै फोरेर भन्छ “ ओई दिपा, तँलाई थाहा छ, हाम्रै कक्षाकी त्यो अग्ली केटी छे नी रिता हो त्योसँग मेरो लभ प¥यो नि केटी । अब केहि बर्षपछि म त्यसलाई विहे गर्ने हो, तँलाई पनि बोलाम्छु, आउन पर्छ नी है” ।
यो पटक भने दिपा केहि सिरियस भई। “ह्या के भनेको जे पायो त्यही , त्यो अग्ली केटीसँग तिमि होचाको जोडी सुहाउँदैन ‘।

प्रज्वल: “अग्लो होचोले के गर्छ र माया ठुलो कुरा हो नी ।”

दिपा: “अनि माया मात्र हेरेर हुन्छ र ?”

प्रज्वल: “जिवन जिउन एकअर्कामा त्यही माया त हो नि चाहिने , रुपरँग, बैश त सबै एकदिन खेर जाने नै हो कि कसो ?”

दिपा: त्यो त हो (केही मलिन हुदै) ।

त्यो साँझ भने दीपाको मनमा केहि महशुस भयो, छटपटाहट जस्तो । “अहो प्रज्वलले भनेको सँच्चै हो कि क्या हो । यदी उसले त्यो कालीसँग विहे ग¥यो भने म त एक्लो पो हुन्छु त , अँह अँह हुदैन , म त्यो प्रज्वललाई विहे गर्ने दिन्न” दीपाको मनमा अनेक कुरा खेल्छ । वोल्टो कोल्टो फर्कदै बल्ल बल्ल त्यो रात विताउँछे दिपा । प्रज्वलसँग विताएका एक एक क्षण सम्झिन पुग्छे उ । भोलीपल्ट विहान स्कुल जाँदा दिपाले प्रज्वललाई भन्छे ।

दिपा: “ओई काले,आज स्कुल छुट्टी भएपछी तिमि उ त्यो रुखको फेदमा मलाई कुर है ।”
प्रज्वल: “किन”?

दिपा: “एउटा कुरा गर्नु छ क्या” ।

प्रज्वलः “ह्या आउदिन, आज काली रितासँग भेट्नुछ ।”

दिपाः “धेरै बढि हुने हैन है,आउने भनेसी खुरुक्क आउने अरु मलाई केहि थाहा छैन ।” हैकम चलाएझै दिपाले भनी ।

प्रज्ववल: “कुन रुख, उ त्यो सल्लोको रुखको फेदमा भेट्ने भनेको हो ?”

दिपा: “हो हो ।”

स्कुल छुट्टी भएपछि प्रज्वल त्यहि सल्लोको रुखमुनी दिपालाई कुरेर बस्छ । दिपा अलिक ढिलो पुगी ।

प्रज्वल: “कति ढिलो लगाएको, ल छिटो भन के हो कुरा, मलाई रितालाई भेट्न जानुछ ।”
दिपा एक्कासी रुन थाली सुक्क सुक्क…..

प्रज्वल: “ल के भयो किन रोएको?”

दिपा: “प्रज्वल के तिमिले साँच्चै भनेको हो । के रितासँग तिम्रोे प्रेम छ । ?”

प्रज्वल: “हो त हेरन, थाहा नपाई मायाप्रेम बसिकेछ भन्या”।

दिपा: झन रुदै । ‘प्रज्ववल धेरै जिस्कियौ हामी एक अर्कासँग तर मलाई हिजो महशुस भयो कि म तिमिलाई कति प्रेम गर्छु भन्ने कुरा , तिमीलाई अब रिताले म बाट टाढा लाने भई भनेर मलाई एकदम चिन्ता प¥यो । रातभरी सुत्न सकिन । मलई अहिले आएर थाहा भयो म तिमि विना बाँच्न नसक्ने रहेछृ आइ लभ यु प्रज्वल । हुन त अब रितासँग सम्बन्धमा छौ, मैले कुरा राखेर के हुन्छ र ? ल तिमिलाई नयाँ सम्बन्धको बधाई तर म अब पागल झै हुन्छु ।’ यति भन्दानभन्दै दिपाको आँखाबाट बर्रररर आँशु खसिसकेका थिए ।

एकछिन त प्रज्वल मात्र दिपाका आँशु हेरिरह्यो । एकैछिनको सन्नाटापछि प्रज्ववल मुर्छा परेर हाँस्यो ।

दिपा: किन हाँसेको राक्षस जसरी ?

प्रज्ववल: लाटी म पनि त तिमिसँग नै प्रेम गर्छु नि । कहाँ त्यो कालि रितासँग गर्छु र तिमिले जहिले पनि सिरियस्ली नलिने भएर मलाई यो सब नाटक गर्नु परेको । म तिम्रै मुखबाट तिमिले मलाई मन पराउने कुरा सुन्न चाहान्थे । धन्न भगवान, मेरो चाहाना पुरा भयो । भन्दै प्रज्वलले दिपालाई आफुतिर तान्यो र कस्सेरी अँगालोमा बेर्यो ।

दिपा: जाउँ तिमि अर्कालाई यस्सै रुवाएर ।

प्रज्वल: अनि के त म आफु काले भएपनि तिमि गोरीलाई विहे गर्न परेन । आफुलाई तिमिबाट गोरे छोरो जन्माउन कस्तो रहर लाग्या छ । (दुबैजना हाँस्छन्)

दुबैतिरको प्रेमको स्विकारोक्ती झाङ्गिदै गयो । मेलापात हाँसखेल ,ठट्टा रमाईलो गर्दागर्दे उनीहरुले प्रवीणता तह उत्तीर्ण गरे । यस्तैमा दिपाको घरमा विहेको कुरा चल्न थाल्यो । दुबैले घरमा आफुहरुले एकअर्कालाई मन पराउने र विहे गर्न चाहेको कुरा भने । तर विडम्बना दिपाको घरमा उनीहरुको प्रेमलाई ठाडै अस्विार गरियो । दीपा बाउआमाको निर्णयबाट टाढा जान सकिन । अन्तत: दुबैमा काम गर्ने शहरको दीपकसँग दीपाको विहे भयो । प्रज्ववल एक्लै भयो । एउटै गाउँ एउटै समाज भएका कारण प्रज्वल पनि कठोर निर्णय लिन सकेन । टुलुटुलु यि सब हेरेर बसिरह्यो । दीपालाई बिहे अघि एउटा चिठेठी लेख्यो ।

प्रिय दिपा,
अथाह प्रेम हुँदाहुदै पनि हामीले हाम्रो प्रेमलाई सफल बनाउन सकेनौ , बाउआमा ,परिवार भन्दा टाढा जान सकेनौ । तिमिलाई आफनो बनाउन नसक्नुमा मेरो गरिबी बाधक बन्यो । साँच्चै यो धन नै तिमि र म विचको दुश्मन बन्यो । यदि म धनी भएको भए सायद तिमिलाई मलाई दिन तिम्रा बाउआमा राजी हुने थिए होलान् । अब जीन्दगीमा एउटै मात्र लक्ष्य हुनेछ कि टन्न पैसा कमाउनी । तिमी जहाँ भएपनि खुसी हुनु । हाम्रो प्रेमलाई जहाँ रहेपनि सम्झनामै भएपनि अमर राख्नु । अर्को कुरा तिमिबाट मेरो गोरे छोरो पाउनु सपना नेै हुनेभयो । हेहे । अब यहाँ बसेर तिमी अर्काकी भएकी कसरी हेर्नु म हेर्ने सक्दिन , त्यसैले भोली नै शहर पस्दैछु । ल दिपा सुखी र खुशी जीवनको शुभकामना ।
उही तिम्रो काले प्रज्ववल…………

चिठ्ठीका प्रत्येक शब्दसँगै दिपाका आँखाबाट र्बरररर आश्ुाँ झरिरहेका थिए । चिठ्ठी पढीसकेर त्यहि चिठ्ठी र प्रज्ववलको फोटो छातीमा टाँसी सुक्क सुक्क गर्दे दिपा रोइरही । अन्ततः प्रेमलाई तिलान्जली दिदै दिपा लाहुरे दिपकको सिन्दुर पहिरिन बाध्य बनी ।

समय वित्दै गयो । विहेपछि दिपाको श्रीमान दिपकले दिपालाई शहरको घरमा छोडी आफु दुबई लाग्यो । दिपा र दिपकको तर्फबाट छोरी जन्मियो । समय वित्दै गायो । सुरुसुरुमा छिटोछिटो नेपाल आउने गरेको दिपक आफनो कामको कारण ढिलो ढिलो आउन लाग्यो । घरपरिवार छोरीको जिम्मा दिपामाथी आयो । पारिवारिक दायित्व बढ्यो तर श्रीमानसँगको मायालु जीवन उनले महशुस गर्न पाइनन् । श्रिमानसँगको शारिरिक सुख देखि लिएर हर कुराहरुको उनलाई रहर हुन थाल्यो ।

एकदिन फेसबुक चलाउदै गर्दा उनको साथीको लिष्टमा एउटा फे्रन्डको रिक्वेस्ट आयो । एक्लै जीवन जस्तो जिएकी उनी समय कटाउन मोवाइलमा फेसबुकमा व्यस्त हुन थालिन् । श्रीमान धेरै समय घर नआएपछि बोलचालको लागि र समय कटाउन उनी फेसबुकलाई नै अनन्य साथी बनाउन थालिन् ।

एकपटक फेसबुक चलाउदै गर्दा उनकलाई फेन्ड रिक्वेष्ट हेरिन् । जहाँ लिष्टको माथिपट्टी एउटा नामको रिक्व्ेष्टले उनलाई झस्कायो । त्यो प्रज्वललको थियो । त्यो नामैले पनि उनी झसँग भइन् । मुटुको ढुकढुकी बढ्यो । विस्तारै उनका औलाहरु त्यो नामको रिक्वेष्टलाई खालेर हेर्न उद्धत भए । उनले प्रज्वलको प्रोफाइल हेरिन् । धेरै परिवर्तन भइसकेका थिए प्रज्वल । दारीजुँगा पालेका, पहिलेको भन्दा मोटाएको थिए । एकोहोरो केहि समय उसको फोटो हेरेपछि एक्कासी दिपा उसको कभर फोटो हेर्न पुगी जहाँ प्रजवल, उसकी श्रीमती र छोराको सँगै फोटो थियो । दिपा हेरिरही श्रीमती पनि काली नै पो गरेछ । एक्कासी मनमनै मुस्काई ।

विहे गरेपनि दिपाले विहेबारी भएजस्तो महशुश गर्न पाइन । एक्लो जीवन जस्तै भयो । श्रीमानसँग बोल्न पनि समय हुने थिएन । छोरी सुताएर बुढासँग रोमान्टिक गफ गर्न चाहान्थी उ तर दिपकले कहिल्यै समय दिन पाएन । उ एक्ली हुदै गई । सबै भएर पनि केहि नभएजस्तै थिइ उ । कता कता आफुलाई अपूर्ण पाउन लागी । यता फर्किदा र उता फकिर्ददै कैयौन रातहरु गए । एक रात उसको फेसबुकमा एउटा म्यासेज आयो जुन प्रज्वलको थियो: ए गोरी ? उ झसँग भई । म्यासेन्जरमा गफ गरौ कि नगरौ दोधारमा पुगी । एक मनले अब किन बोलचाल गर्ने विगतको घाउ बल्झाउन भन्ने सोच्थी भने अर्को मनले एक्लो मनलाई बुझाउन बोलौ कि झै गर्थि । अन्ततः उसको अर्को मनले जित्यो । विस्तारै प्रज्वलसँगको कुराकानी अगाडी बढ्यो । समय हुनेवित्तिकै दुबैजना एकअर्कासँग बोल्न थाले , विस्तारै विगतको मायाप्रेमले वर्तमानमा पनि ठाउँ लिन पुग्यो । दिपालाई पनि एक्लो जिवनमा कसैको साथ पाएजस्तोे हुन्थ्यो । श्रीमानसँग मन लागेको बेला बोल्न नपाएको रिक्तता प्रज्वलको साथले पुरा गर्न थाल्यो । विस्तारै मोवाइलको आदानप्रदान संगै घरमा आउने जाने क्रम बढ्यो । छोरी स्कुल गएको बेला पारेर प्रज्वल दिपालाई भेट्न उसको घरमा पुग्थ्यो । दिनभर दुखसुखका कुराकानी साटासाट गर्थे अनि स्कुल छुट्टी हुने बेलामा प्रज्वल दिपाको घरबाट निस्किन्थ्यो ।

समय वित्दै गयो । दिपक घरमा नआएको पनि बर्षो हुन लाग्यो । पैसा पठाउनु र कहिलेकाहि फोनमा सन्चोविसन्चो मात्र सोध्ने गर्दथ्यो दिपक । श्रीमानसँगको शारिरिक सुख नपाउँदा दिपाको मनमा कहिलेकाही ग्राहो हुने गर्दथ्यो । उसको मनले पनि पुरुषसँगको शारिरिक सुखअनुभुती गर्न लालायित हुन्थ्यो । एकदिन प्रज्वलले दिपाको घरमा आयो । बाहिर पानी परीरहेको थियो । दिपाले चिया बनाइन् । चिसो मौसममा दुबै जनाले तात्ततातो चिया खादै गफिदै गर्दा प्रज्वलले दिपालाई अचानक अँगालो मार्न पुग्छ । लामो समयपछि पुरुषको स्पर्श पाउँदा दिपा मुर्ति झै बन्छे । प्रज्वल पनि दिपालाई अँगालो मार्दे, उ सँगको सामिप्यामा आफुलाई हराउन थाल्यो ।

प्रज्वल: दिपा अफठ्यारो मान्दिनौ भने म एउटा कुरा भनौँ ।

दिपाः (मदहोस हुदैंं) भनन

प्रज्वल: दिपा म तिमिलाई पूर्णरुपमा पाउन चाहान्छु ।

दिपा: कस्तो पूर्ण रुप भन्नाले ?

प्रज्वल: दिपा म तिमिलाई शारिरिक सुख पनि दिन चाहान्छु । मैले मन पराएको मान्छे तिमिलाई म पूर्णरुपमा भोग गर्न चाहान्छु । तिमि अनुमति दिन्छौ भने हामी हाम्रो मायालाई लुकेर भएपनि जिवन्त राख्न सक्छौ ।

दिपा: खै म के भनौ (नजानिदो पाराामा स्विाकारोक्ती दिन्छे) ।

यसरी दिपा र प्रज्वलको हरेक भेटमा शारिरिक सम्पर्क हुँदै गयो । लोग्नेबाट अलग्गिनु पर्दाको मानसिक अशान्तिहरु शारिरिक सुखसँगै पुर्ति हुदै गए । यस्तैमा प्रज्वलले एकदिन आफनो पुरानो रहर दिपासँग राख्यो ।

प्रज्वल: दिपा के तिमि मेरो बच्चा जन्माउन सक्छयौ । तिमिलाई थाहा नै छ नि दिपा म पहिलेबाटै तिम्रो कोखबाट गोरे छोरा जन्माउन चाहान्छु भन्ने कुरा । हेर म तिमिबाट मेरो सन्तान जन्माउन चाहान्छु,तिम्रो श्रीमान आउने बेला पारेर हामी शारिरिक सम्पर्क गरौ , समाजको नजरमा त्यो बच्चा तिम्रो र तिम्रो श्रीमानको हुने भएपनि भित्री रुपमा त्यो हाम्रो प्रेमको निशानी हुनेछ । त्यसलाई चाहिने आवाश्यक खर्चदेखि हर कुरा म उठाउँछु ।

सुरुमा दिपाले ठाडै अस्विकार गरिन् तर प्रज्वलको प्रेममा लिप्त हुदै गएकी दिपाले प्रज्वलको यो माग पनि पुरा गर्ने निर्णय गरिन् । उनिहरुले शाििररिक सम्बन्ध कायम गरे । दिपकको नेपाल आउने बेला भएको थियो । केही दिनमा नै दिपक छोटो समयको लागि नेपाल आयो । दिपक केहि समय बसेर फेरी विदेश हानियो । प्रज्वल र दीपा यथावत रुपमा भेटघाट गर्दे गए । सुरुमा बाक्लिदै गएको प्रज्वल र दीपाको भेटघाट केहि महिनापछि घट्दै गयो । दिपाको पेटमा प्रज्वलको बच्चा हुर्किदै थियो । विस्तारै प्रज्वल फेसबुकमा पनि देखिन छाड्यो, उसको फोन पनि स्विच अफ हुनथाल्यो । प्रज्वल एक्कासी बेपत्ता भयो ।

दीपालाई ठुलो पिर परयो । अब बच्चा फालोै भने फाल्ने समय कटेको थियो भने, दिपकलाई आफनो अर्को बच्चा हुदैछ भन्ने थाहा थियो । दिपा दोधारमा परिन् । आफुले किन गलत निर्णय गरेछु भन्ने लाग्यो । नचाहाँदा नचाहाँदा पनि दिपाले अर्को बच्चा छोरा जन्म दिइन् । दिपा न दिपकलाई यो बच्चा तापईको हैन भन्ने स्थिीमा थिइन् न प्रज्वललाई जिम्मा लाउन । हरेक पटक छोरालाई हेर्दा दिपा उसमा प्रज्वलको रुप देख्न थालिन् , जसले उसलाई धोका बाहेक अरु केहि दिएन । प्रज्वलले भनेजस्तै आफु काले भएपनि दिपाको कोखबाट गोरे छोरो जन्मिएको थियो । उता दिपक भने त्यो छोरोलाई आफनै हो भन्ने भ्रममा थियो । आखिर त्यो छोरो दिपाको प्रेमी प्रज्वलको थियो ।

समय वित्दै गयो , दिपाको कान्छो छोरो जसको नाम प्रवेश थियो, ऊ युवाअवस्थामा पुग्यो । कलेज पढ्ने भयो प्रवेश । छोरा यौवनाअवस्थामा पुगेसँगै दिपा र दीपक अधबैशे अवस्थामा पुग्दै थिए । दिपक पनि आफनो बाँकी जीवन नेपालमा नै विताउन कहिल्यै विदेश नफिर्कने गरी नेपाल आयो । ठुलो छोरीको विहे भयो । कान्छो छोरो प्रवेश को पनि विहे गर्ने उमेर भयो । एकदिन उ आफैले आमा दिपासँग आफनो विहेको कुरा ग¥यो ।

दिपाा: को केटी हो त छोरो तैले मन पराएको , कुरा गरौ न त सबै मिल्यो भने विहे पनि गरौला ।

प्रवेश: हुन्छ, आमा म सँगै पढ्ने हो, हामी एक अर्कालाई एकदमै मन पराउँछौ म भोली नै तपाईलाई भेटाउन लिएर आउँछु ।

भोलीपल्ट प्रवेशले आफनी प्रेमीका पुजनलाई लिएर आउँछ ।

प्रवेशः पुजन उहाँ मेरो बुवा, अनि उहाँ मेरो आमा । अमा उनी चाँही पुजन ।

दीपा: ओ हो कति राम्री पुजन, ल भेटेर खुशी लाग्यो । अनि नानी घरचाहँी कहाँ नि ? के गर्नुहुन्छ बुवाआमाले ?

पुजन: मलाई पनि हजुरहरुलाई भेटेर खुसी लाग्यो । मेरो घर स्याङजा हो , बुवा आमा पसल गर्नुहुन्छ ।

दीपक: अनि नानी तिम्रो वुवाको नाम चाँही के नि ?

पुजन: प्रज्वल शर्मा

प्रज्वल ………..

यो नाम सुन्नेवित्तिकै दिपा झसँग भइन् । मनमा अनेक तर्कना आए । दीपा सोच्न थाली ः हँ प्रज्जल, यो त उसको नाम हो, कतै पुजनको वुवा मेरै प्रेमी प्रज्वल त हैन । हैन हैन संसारमा प्रज्वल नामको धेरै मान्छे पनि हुन सक्छन् नि एउटै मान्छे नहोला पनि । मनमनै आफनो प्रेमी प्रजजल पुजनको बुवा नभइदिएहुन्थ्यो भन्ने कामना गर्दे मुटु कठोर पारी दिपाले भन्छे ।

दिपा: नानी खै बुवाममीलाई मोवाइलमै भएपनि हेँरु न त ? कस्तो हुनुहुन्छ ?

पुजन: हस् भन्दै मोवाइलमा बुवाममीको फोटो देखाउँछे ।

फोटो हेर्नैे वित्तिकै दिपालई रिँगटा लागेजस्तो भयो,धर्ती फाटेझै भयो, आकाश खसेझै भयो । आखिर त्यो प्रत्ज्वल भन्ने नाम त्यहि व्यक्तिको थियो, जुन नहोस भन्ने चाहान्थिइन् दिपा । उसको प्रेमी पुजनको वुवा नै प्रज्वल थियो । फोटो हेर्नेवित्तिकै दिपाले उत्तिखेरै यो विहे हुन सक्दैन भनेर दौडेर कोठामा ढोका लगाई रुन थालिन् ।

पछि कोठामा दिपक र छोरा प्रज्वलले किन विहे हुनसक्दैन भनी सोध्दा दिपाले सबै कुरा भनीन् । दीपक झन छाँगाबाट खसेजस्तै भए। अहिलेसम्म आफनो छोरा भनेको त उसको प्रेमीको पो रहेछ भन्ने थाहा भयो ।

दीपक: हे भगवान झन्डै दाजु र बैनीको विहे भएको । हामीबाट महापाप हुनेथियो । दिपा तिमिले मलाई यति ठुलो धोका दियौ, अब म तिमिसँग एकछिन पनि बस्दिन भनेर दीपकले सधैको लागि घर छोड्छ ।

अनि छोरा प्रज्वल पनि रुदै बहुलाउँदै भन्छ “मम्मी तपाइको एउटा गल्तीले आज मेरो जीन्दगी तहननहस भयो । म अब आफनी प्रेमीकालाई प्रियसी भनौ कि बैनी । यत्रो महापाप गरेर मलाई रुवाएर तपाईलाई कहिल्यै शान्ति हुनेछैन, आजबाट तपाई मेरो ममी हैन अनि म तपाईको छोरा हैन, अब म जे पनि गर्न सक्छु, आफनै जीवन वर्वाद पनि गर्नसक्छु । तपाईलाई तपाईको एक्लो जीवनको शुककामना भनी प्रज्ववले पनि छोडेर हिँड्छ ।

‘ल चँगा आयो चँगा, चँगा लिनुस’ अचानक दिपा झस्की । दशैमा ब्यापारीहरुले ठेलामा चँगा विकाउन गाउँतिर चिच्याउदै ल्याउदै थिए । त्यो आवाजले एकोहोरो विगत सम्झेकी दिपालाई झस्कायो । त्यो बेलासम्म उनका आँखाबाट निरन्तर आँशु बगिरहेको थियो । साँझ परिसकेको थियो । अँध्यारो रातसँगेै अँध्यारो जिवन स्विकार गर्दे दीपा घरभित्र छिर्छे ।

कथाकार: कृपा भण्डारी, उनि समयसमाचारकि प्रधान सम्पादक पनि हुन्। फुर्सदमा साहित्यमा रुचि राख्छिन।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.