पोखरा, असार २५ । पोखरा महानगरपालिकामा बुधबार देखिएका १० जना कोरोना संक्रमित मध्ये ६ जना लेखनाथ क्षेत्रका रहेका छन् । लेखनाथको जनप्रकाश उच्च मा.वि को क्वारिन्टेनमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दुई जना मध्ये एक जना पोखरा २९ का हुन भने अर्को एकजना वडा नं. २६ का रहेका छन् ।

यस्तै वडा नं. २९ कै होम क्वारेन्टाइनमा रहेका अर्को एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । महानगरकै वडा नं. ३० को त्रिभुवन शान्ति मा.वि मा रहेका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ भने वडा नं. ३१ र ३२ का होम क्वारिन्टेनमा बसेका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरुको असार १९ गते स्वाब परिक्षणको नमुना लिईएकोमा बुधबार दिउँसो कोरोनाको पोजेटिभ रिर्पोट आएको हो । उनिहरुलाई बुधबार राती एम्बुलेन्स मार्फत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको गण्डकी अस्पतालको कोरोना आइसोलेसन वार्डमा लगिएको छ । बैदेशिक रोजगार अन्र्तगत साउदी अरब र भारतमा रहेका उनिहरु केही हप्ता अघि नेपाल आएका हुन । उनिहरु मध्ये ३ जना होम क्वारिन्टेन र ३ जना विद्यालयमा बनाईएको क्वारिन्टेनमा बस्दै आएका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.