कास्की, असार २१ । कास्कीको अन्नपूर्ण गाँउपालिका ८ बिरेठाँटीमा आईतबार एक सय घर परिवारलाई राहत वितरण गरिएको छ । साविकको कास्कीको दाङसिङ गा.वि.स वडा नम्वर ३ उपल्लाथरका लाम्छाने गुरुङ बाबाआमा, दाजुभाई तथा दिदीबहिनीहरुको सहयोगमा एक सय परिवारलाई राहत उपलब्ध गराईको हो ।

शक्त, असहाय तथा विपन्न परिवारलाई २५ किलो बराबारको एक बोरा चामल उपलब्ध गरार्ईएको राहत संयोजक टेक बहादुर लाम्छाने गुरुङले जानकारी दिए । राहत अभियानमा दाङसिङ उपल्लोथरका लाम्छाने बाबाआमा, दाजुभाई तथा दिदीबहिनीहरुको आर्थिक सहयोग रहेका बताए । दाङसिङ उपल्लोथरका लाम्छाने गुरुङहरुको सहयोगमा जल्गेनी, सिबिके, खिउ, खाउने, एक्ले, सारक्यु, छेदगाउँ, दाङसिङ गाउँ, लामाखेत लगाएतको गाँउका वासिन्दालाई राहत उपलब्ध गराईएको राहत वितरण अभियानका सभापती क्या. काजिमान गुरुङले जानकारी दिए ।
कोरोनाको कहर भएपनि नेपालमा रोगले भन्दा भोकले ज्यान गुमाउने स्थीति आफ्नो ठाँउमा नआउन भनेर राहत वितरण गरिएको संयोजक टेक बहादुर लाम्छाने गुरुङको भनाई थियो । यु.के, अमेरिका, जर्मनी, बेल्जियम, हङ्गकङ्ग, कोरिया, अफगानिस्तान लगाएत विभिन्न देशमा कार्यरत साथै पोखरामा बस्ने दाङसिङ उपल्लोथरका लाम्छाने गुरुङहरुको सहयोगले गरिएको राहतले आहात मिलोस भन्ने चाहेका उनले बताए । राहत वितरणमा बोलाएको भन्दा बढी आएकाले नपुगेकोहरुलाई पनि नाम टिपोट गरेर चाडै बितरण गर्ने उनको भनाई छ ।
विभिन्न देशबाट सहयोग पठाएर साथै देशका बिभिन्न शहरमा बसेरपनि सहराहत अभियानमा सहयोग गर्ने दाङसिङ उपल्लोथरका लाम्छाने गुरुङ बाबाआमा, दाजुभाई, दिदीबहिनीस सबैलाई दाङसिङ पोखरा गुरुङ सम्पर्क मञ्चका अध्यक्ष क्या. काजिमान गुरुङले धन्यवाद दिए । राहत वितरण कार्यक्रमका प्रमुख अतिथी जगन गुरुङले सहयोग पाएकाहरुको आशिष लागोस भनेर कामना गरेकी थिईन् । उनिहरुले दिएको आषिक आफुहरु निरोगी हुन सके पछीपछी पनि सहयोग गर्न सकिने उनको धारण थियो ।


कार्यक्रममा कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देबेन्द्र शेरचनले अन्नपूर्ण गाँउपालिकाका अन्य वडामा राहत वितरण नभएको अवस्थामा वडा नम्बर ८ मा तीन पटक वितरण हुनु राम्रो पक्ष रहेका बताए । आफु पनि वडा नम्वर ८ कै भएको कारण अझै समस्या भए आफुलाई जानकारी गराउन आग्रह गर्दै फेरी पनि राहत वितरण गर्न सकिने बताए । कार्यक्रममा गाँउ कार्यपालिका सदस्य खगेन्द्र गौचनले राहत वितरण कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
राहत वितरण कार्यक्रममा तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, चिन बहादुर प्यार प्रतिष्ठानका अध्यक्ष पूर्ण काने गुरुङको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.