काठमाडौँ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अरु नेताले घेरबन्दी गर्दै दुवै पदबाट राजीनामा गर्न दबाब दिइरहेका बेला उनका विश्वास पात्र नेम्वाङले देउवा निवास पुगेर भेटेका हुन्।

गत बुधबार राति ओली र देउवाबीच भएको भेटवार्तापछि तरंग पैदा भइरहेका बेला आइतबार फेरि नेम्वाङ देउवासँग कुराकानी गर्न गएका हुन्।

नेकपा विभाजन भएको अवस्थामा कांग्रेससँग मिलेर ओलीले सरकारलाई निरन्तरता आशंका व्यक्त भइरहेका बेला दुई नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

बुधबारको भेटपछि देउवाले आफ्ना विश्वास पात्रहरुसँग ओलीले नेकपा फुटाउन लागेको बताएका थिए।

सबैको जानकारीको सेयर गर्नुहोस !!

साभार: जनबोली

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.