यतिबेला असार लागेको छ धेरैलाई। गाउँतिर धमाधम रोपाई चल्दैछ। बिदेसबाट नेपाल आएका एक युवकले त्यस्तो गाउँमा पुगेर आफ्नो फेसबुकमा यस्तो स्टाटस लेखेछन जुन पढ्दा सबैलाई आफ्नो गाउँ जाउ जाउँ लाग्छ। बाकि जिन्दगी त्यतै काटौ लाग्छ। उनैको फेसबुकबाट साभार।

असारमा गाउँ पूगेर गाउँ भन्ने नाउँ नै कति प्यारो। अझ त्यसमा बिगत र सम्झनाहरु जोडिएर आउँदा मुटु गाउँमा धड्किन्छ। कहिलेकाही मलाई प्रश्न गर्न मन लाग्छ हामी कुन स्वपनिल संसारको कुरा गर्छौ- चिप्ला बाटामा चल्ने चिल्ला कार वा पाहाडको काखमा चल्ने चिसो हावा?

महल र महलभित्रको कृतिम सजावट वा झुपडी र झुपडी बाहिरको प्राकृतिक सौन्दर्य र सभ्यता? मानव निर्मित गगनचुम्बी महलहरु वा महलजस्तै पहाडहरु? कृतिम तालहरु, झरनाहरु वा स्वस्फूर्त उम्रीएका मुहानहरु, त्यहीँ बाट बग्ने नदिहरु? आधुनिक दुनियाँले बनाएको कर्कस आवाज वा ध्यानलाई बिर्साउनेगरि एकोहोरो बगिरहको खोलाको माधुर्य?

कयौं दिन फ्रीजमा बसेका सुगर र प्रेसर बढाउने खानेकुराहरु वा बोटबाट सिधै भान्सामा पुग्ने अन्नबालिहरु, सागशब्जी र फलफुलहरु?

आँखा अगाडी देखिने फगत आधुनिक दुनियाँको दृश्य वा आँफू अगाडि देखिने टल्किएको हिमाल, आफैंले उब्जाएका अन्न, रोपेका लहरा र बोटबिरुवा र पानी पर्दा आँगनमा उठेका पानी फोकाहरु?
बिहानै उठेर आधुनिक ट्रेलमा मर्निङ वाक गर्न पाउनु वा बिहानको स्वच्छ हावामा उकालो ओरालो गर्दै, आफैले बाटो बनाउदै, माटो बनस्पतिको सुगन्ध लिदै हिड्न पाउनु?

हरेकदिन वाईफाई खोज्दै भाइबर र फेसबुकमा आफन्त, परिवारसङ समयमा बोल्न समेत नपाउनुको पीडा वा अङालो मारेर हरेक दिन भलाकुसारी गर्दै , सङै भान्सा गर्न पाउँदाको आनन्द? तपाईं भन्नुहोस अब हामी कुन स्वपनिल संसारको कुरा गर्छौ?

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.