कृपा भण्डारी
काठमाण्डौ, ८ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दो क्रममा रहेको छ । संक्रमित संगै निको भएर घर फर्किनेको संख्या पनि बढिरहेको छ । हालसम्म विश्वभर संक्रमितको संख्या ९० लाख भन्दा माथि गएको छ ।


विश्वभर हालसम्म ९० लाख ६७ हजार ९ सय ६ रहेको छ भने निको भएर घर फर्किनेको संख्या ४८ लाख ५० हजार ७ सय ५२ रहेको छ ।

नेपालको हकमा भन्नुपर्दा हालसम्म नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ रहेको छ जसमध्य २१ सय ४२ जना स्वास्थ्यलाभ गरेर घर फर्किसकेका छन् भने अहिलेसम्म २३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म १ लाख ८१ हजार ३ सय ७१को परिक्षण भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.