कृपा भण्डारी
२९,जेठ काठमाण्डौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दो क्रममा रहेको छ । संक्रमित संगै निको भएर घर फर्किनेको संख्या पनि बढिरहेको छ ।

विश्वभर हालसम्म ७३ लाख ६० हजार २ सय ३९ रहेको छ भने निको भएर घर फर्किनेको संख्या ३४ लाख ५४ हजार ८ सय ५ रहेको छ । नेपालको हकमा भन्नुपर्दा हालसम्म नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६२ रहेको छ जसमध्य ६ सय ७५ जना स्वास्थ्यलाभ गरेर घर फर्किसकेका छन् भने अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.