काठमाडौं । सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस केही सातापछि कोभिड-१९ का रुपमा विश्वव्यापी महामारी बनेको थियो । 

श्वासप्रश्वासको समस्या गराउने यो भाइरस र्‍याल तथा हाँछ्यु गर्दा निस्किने ड्रपलेटका माध्यमबाट अर्को व्यक्तिमा सर्ने गर्छ । यो भाइरसको संक्रमण विश्वभरका करिब २०० भन्दा बढी मुलुकमा फैलिसकेको थियो । विश्वभरका वैज्ञानिक, स्वास्थ्य अधिकारी र सरकारहरुले आ-आफ्ना नागरिकलाई भौतिक दूरी कायम गर्न र अनावश्‍यक घरबाहिर ननिस्किन सुझाव दिँदै आएका छन् । 

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म विश्वभर ५९ लाख मानिसहरु संक्रमित भएका छन् भने जसमध्ये तीन लाख ६२ हजारभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । 

कोरोना संक्रमण भएका करिब दुई लाख ५९ हजार मानिसको उपचारपछि निको भएको छ । तर, हालसम्म केही मुलुकमा अहिलेसम्म कोरोना संक्रमण नदेखिएको अलजजिराले समाचारमा जनाएको छ । 

कोरोना संक्रमणमुक्त मुलुकहरु :

किरिबाटी
मार्सल आइल्यान्ड
माइक्रोनेसिया
नाउरु
उत्तर कोरिया
पालाउ
सामोआ
सोलोमन आइल्यान्ड
तोङ्‌गा
तुर्केमेनिस्तान
तुभालु
भानाउटु

(Copied from 12Khari)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.