काठमाडौं । नेपालमा फेरी २ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।

अब नेपालमा संक्रमित संख्या १६ पुगेको छ ।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट हिँजो पाटन अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए ।

सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

अस्पतालमा भर्ना भएका ८१ वर्षीया आमा र ५७ वर्षीय छोरामा कोरोनाको संक्रमण पुष्टि भएको हो भने बुहारीको रिपोर्ट आउन बाँकी छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.