काठमाडौं । सरकारले यहि आउदो शुक्रबार र शनिबार काठमाडौं बाहिर जान चाहनेका लागि छुट दिने व्यवस्था मिलाएको छ । 

बार्हखरी लेख्छ: स्थानीय तहको समन्वयमा सरकारले काठमाडौं बाहिर जान चाहनेका लागि विभिन्‍न ठाउँमा गाडीको व्यवस्था समेत मिलाउने तयारी गरिएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा समन्वय समितिको आज बसेको बैठकले २ दिनका लागि राजधानी बाहिरिन चाहने सर्वसाधारणलाई सहज होस् भनेर यस्तो व्यवस्था मिलाएको हो । 

काठमाडौंबाट बाहिर जान पाए पनि काठमाडौं प्रवेश गर्न भने नपाइने समितिले निर्णय गरेको छ । 


 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.