अहिले एउटा भिड्यो फेसबुकमा भाइरल भैरहेको छ । उक्त भिड्योमा एक नर्सले आफ्नो सुरक्षाको लागि जागिरनै छोडेर हिडेको बताएकी छिन । उनले रुँदै भनेकी छन् कि अमेरिका कोरोनाभाईरस सँग पुर्णरुपमा तयारिनै छैन । लाउने मास्क छैन, गाउन छैन । उनले भनिन उनलाई कोरोना भाइरस संक्रमित भएको कक्षमा खटाईएको थियो, तर उनीसंग लाउने मास्क थिएन । उनले म्यानेजरलाई आँफुसँग मास्क नभएको बताईन तर म्यानेजरले कतैबाट उपलब्द गराउन नसकेपछि उनले जागिरनै छोडिन आँफु बच्न र परिवारसंग समय बिताउन । यो कुरा उनले उक्त भिड्योमा डाको छोड्दै, रुँदै बताएकी छन् । उनि भन्छिन, ‘यो भाइरससँग लड्न सक्ने अमेरिकाको कुनै तयारिनै छैन, स्वास्थ्यकर्मिको कुनै सुरक्षा छैन।’ हेर्नोस भिड्यो । यहाँनेर पनि छ, हेर्नसक्नुहुनेछ ।


अहिलेसम्म सबैभन्दा बढि कोरोना संक्रमित भएको देशनै अमेरिका हो भने, त्यहाँ मर्नेको संख्या दिनदिनै बढिरहेको छ । हरेक दिन अमेरिकामा स्वास्थ्यकर्मीलाई चाहिने सामाग्री हरुको अभाब खड्किरहेको छ भने अस्पतालमा कोरोना संक्रमितलाई राख्ने ठाउँको अभाब त्यतिनै छ । संक्रमितको संख्या बढेर अझ माथि पुग्ने सी एन एन लगायत धेरै समाचार माध्यम हरुले बताईरहेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.