हामीले केहि समय देखि कोरोना भाईरसको समाचार हेरिरहेका छौ, पढिरहेका छौ, सुनिरहेका छौ । तर केहि मानिसहरु अझै पनि यो देख्दा देख्दै ‘आ, यस्तो मुला भाईरस, यो रुघा खोकी जस्तै त होनी’ भनेर, मास्क नलगाई, संयमितनै नभई सडकमा हिडिरहेको हामी देखिरह्नछौ । त्यो त परै जावोस, आफ्नै घर भित्रका मानिसहरु समेत खासै वास्ता गर्दैनन् । र त्यस्तो कुरा आयो भने ‘यो सरकारले त्यसै मान्छेलाई अत्याएको मात्र हो’ भन्छन ।
त्यहि भएर अहिले हामी दुई किसिमकै मानिसहरु भेट्छौ– कोरोनालाई ‘सिरियसली’ लिने र कोरोनालाई ‘केहि हुँदैन’ भनेर बेवास्ता गर्ने । यो घरभित्रै यौटै परिवारमा पनि छ र घर बाहिरपनि छ ।
“मेरै बुवा भन्नुहुन्छ यो भाईरस, साईरस केहि होईन, मान्छे त्यसै आत्तिएका हुन, र दुध किन्न, तरकारी किन्न बाहिर निक्लिनु हुन्छ, मास्कनै नलगाई,” एक व्यक्तिले नाम नखुलाउने शर्तमा भने ।
त्यसैगरी दुईजना काठमान्डूमा रुममेटको रुपमा बस्तै आएका मिल्ने साथीहरु बिचमै पनि कोरोना भाइरसलाई ‘सिरियसली’ लिने कि नलिने भनेर विवाद भैरहन्छ ।

‘खोई मेरो साथि मान्दैन, आँफुले मात्र सेल्फ-आईसोलेसनमा बसेर के गर्नु, उसकै कारणले मलाई भाइरस लाग्न बेर छैन,’ दुई मद्धे एक बताउँछन् । त्यहि भएर जतिखेर उनको साथि घर आउँछ, अर्को साथि आत्तिन्छ मनमनै, केहि भन्न पनि सक्दैन । ‘के भन्ने, कति भन्ने?’ उनि भन्छन । “खोई यो ठाउँ छोडेरै जाउँ भनेपनि अहिले लकडाउन छ कता जाउँ?’। उनि मोरंगबाट काठमान्डू पढ्न आएका हुन् ।

कोरोना भाइरसलाई नटेर्नेहरुको मनोबैज्ञानिक पक्षको खोजि गर्ने हो भने, स्रोत र अध्यनले के बताउँछ भने ति मानिसहरु जोसंग रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता छ वा अहिलेसम्म उनीहरु त्यति बिरामी भएका छैनन्, त्यस्ता मान्छेहरु हतपत आत्तिने वा डराउने गर्दैनन । अर्को कारण पनि के हुनसक्छ भने ति मानिसहरु जसले कहिल्यै त्यस्तो दुख वा बिराम भोगेनन वा उनीहरुले आफ्नो नजिकको नातेदारसंगको त्यस्ता कुनै दुखलाग्दा बिरामबाट हुने मृत्युका घट्नाहरु नजिकबाट निहालेनन। जब सम्म त्यो हुँदैन तबसम्म उनीहरु हतपत बिस्वस्त हुँदैनन् ।
“मैले जतिनै भनेपनि मेरो रुममेट पत्याउदैन, त्यहि भएर मैले तर्क गर्ने छोड्दिसके,” तिनै रुममेट बताउँछन् ।
यदि त्यस्ता मान्छे फेला परेमा ,अध्यनले के देखाउँछ भने तर्क गर्नुको सट्टा उसका कुन कुरामा सहमति जनाउन सकिन्छ त्यो खोजेर सहमति जनाउने र तथ्य सामग्रीहरु पेस गर्ने । कोरोनाको सन्दर्भमा भन्ने हो भने, यसले कसरि आक्रमण गरिरहेको छ र यसले अहिले सम्म कतिको ज्यान लिसक्यो र सामाजिक दुरी कायम गरेर कसरि बच्न सकिन्छ आदि इत्यादि कुरा गरेर पनि त्यो व्यक्तिलाई मनाउन सकिन्छ । अर्थात ‘यो महामारी त्यति महत्वपुर्ण नहुनसक्छ तर बाँच्यो भने हामि साथीभाईको सम्बन्ध कति बलियो हुनसक्छ’ जस्ता सकारात्मक कुरा गरेर अगि बढ्न सकिन्छ ।
त्यो व्यक्तिलाई घृणा गरेर, त्यसलाई औंला ठड्याएर भन्दा, उ संग सहमतिमा आउनसक्ने कुरा गरेर, उसको बिचारलाई परिवर्तन गर्न सकिन्छ । उसलाई मनाउन सकिन्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.